मोबाइलले पुष्टि गर्‍यो खाँण–पाण्डे ‘कनेक्सन’

होस्ट खबर २८ बैशाख २०८०, बिहीबार
1 Min Read
Aa

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण र सचिव टेकनारायण पाण्डेको कनेक्सन मोबाइल डाटाबाट खुलेको छ ।

गत २० वैशाखमा काठमाडौंकै एक रिसोर्टबाट पक्राउ परेका पाण्डेमाथि भुटानी शरणार्थीको नक्कली फाइल खडा गरेर गिरोहबाट करोडौं रुपैयाँ असुलेको आरोप लागेको छ ।

सिंहदरबार वृत्तको हिरासतमा रहेका पाण्डेले नक्कली शरणार्थी प्रकरणमा खाँणको पनि संलग्नता रहेको कुरा खोलेपछि बुधबार पाण्डेले दिएको बयानकै आधारमा खाँण पक्राउ परेका छन् ।

बयानका क्रममा पाण्डेले तत्कालीन गृहमन्त्री खाँणकै निर्देशनमा आफूले फाइल खडा गरेको बयान दिएको प्रहरीको भनाइ छ ।

शरणार्थी प्रकरणको घटना सार्वजनिक भएपछि घर छाडेर रिसोर्टमा लुकिरहेका पाण्डेलाई प्रहरीले रिसोर्टबाटै पक्राउ गरेको थियो । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ । आजको राजधानी दैनिकबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्