सत्यमोहन जोशीको १०४ औं जन्मजयन्तीमा सप्ताहव्यापी कार्यक्रम गरिँदै

होस्ट खबर २८ बैशाख २०८०, बिहीबार
2 Min Read
Aa

ललितपुर : वाङ्मय शताब्दीपुरुष एवं वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीको जन्मजयन्ती यस वर्षदेखि मनाउन शुरू गरिएको छ । लोक साहित्य परिषद्, बखुम्बहालको अगुवाइमा यस वर्षदेखि जन्मजयन्ती मनाउन थालनी गरिएको हो ।

सरकारले ९५ वर्षको उमेरमा वाङ्मय शताब्दी पुरुषको उपाधि दिएदेखि हरेक वैशाख ३० गते जन्मशताब्दी मनाउँदै आएको थियो । १ सय ३ वर्षको उमेरमा जोशीको गत असोज ३० गते आइतबार निधन भएको थियो । यसवर्षदेखि सप्ताहव्यापी विविध कार्यक्रमको आयोजना गरी जोशीको १ सय ४ औं जन्मजयन्ती मनाइदैंछ । वैशाख २४ गते आइतबारदेखि विविध कार्यक्रम गरी जन्मजयन्ती मनाउँदै आएको परिषद्का अध्यक्ष रजितबहादुर श्रेष्ठले जानकारी दिए ।

पहिलो दिन पाटन मंगलबजारमा रक्तदानको आयोजना गरिएको थियो । सो कार्यक्रममा ६८ जनाले रक्तदान गरेका थिए । सोही अवसरमा विभिन्न संघसंस्थाको सहयोगमा उपत्यकाका ३७ वटा स्थानमा रक्तदान कार्यक्रम भएको थियो ।

वैशाख २५ गते सोमबार जोशीको निवासमा साहित्यिक पुस्तक प्रदर्शनी र २६ गते मंगलबार बज्रयानी बौद्ध धर्ममा पवित्र मानिने नामसंगीति पाठ गरिएको थियो । त्यस्तै, बुधबार जोशीको चखुंचा हाःगु म्ये ९चराले गाएको गीत० र साहित्यकार मीना वज्राचार्यको ‘किसीया नसा क्वःया दशा’ ९हात्तीको आहार, कागको दश० नामक नेपाल भाषाको बालसाहित्यसम्बन्धी पुस्तकको लोकापर्ण गरिएको थियो । वैशाख २८ गते बिहीबार र २९ गते शुक्रबार टेलिस्कोपको माध्यमबाट तारा दर्शन कार्यक्रम तय गरिएको छ ।

सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन वैशाख ३० गते शनिबार उपप्रधान तथा गृहमन्त्रीको उपस्थितिमा पाटन संग्रहालमा जन्मजयन्ती समारोह, पाटन दरबार क्षेत्रमा दीप प्रज्ज्वलन कार्यक्रम हुने परिषद्ले जनाएको छ । सप्ताहव्यापी कार्यक्रमको अवधिभर कलाकार राजकुमार महर्जनले बनाएको जोशीको पूर्णकदको सालिक कार्यक्रमस्थलमा राखिने छ । नेपाल समाचारपत्र दैनिकबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्