नक्कली भुटानी शरणार्थी प्रकरण स् पूर्वगृहमन्त्रीसहित दुई सांसद मुछिए

होस्ट खबर २६ बैशाख २०८०, मंगलवार
2 Min Read
Aa

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्रीसहित बहालवाला दुई सांसदसमेत मुछिएका छन् । उक्त प्रकरणमा पूर्वगृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण, बहालवाला सांसदद्वय आरजु राणा देउवा र मञ्जु खाँणसमेत मुछिएका हुन् ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा तत्कालीन गृह मन्त्रालयका कर्मचारीदेखि नेपाल कम्युनिस्ट पार्टी ९एमाले० र नेपाली कांग्रेसका नेताहरूसमेत मुछिएका छन् । पूर्व गृहसचिव तथा उपराष्ट्रपति कार्यालयका सचिव टेकनाराण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा ९बादल० का सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित ८ जनालाई नियन्त्रणमा लिएपछि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै, नेकपा एमालेका सचिवसमेत रहेका सांसद टोपबहादुर रायमाझी, बादल पुत्र प्रतीक थापा र इन्द्रजित पुत्र निरज राईसमेत प्रहरीको फरार सूचीमा छन् । उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । ती व्यक्तिहरूको खोजी भइरहेको अवस्थामा पूर्व गृृहमन्त्री बालकृष्ण खाँण, कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी एवं सांसद आरजु राणा र तत्कालीन गृहमन्त्रीपत्नी तथा सांसद मञ्जु खाँणसमेतको नाम चर्चामा आएको छ । आरजु र मञ्जुले समेत यस प्रकरणमा कर्मचारी सरुवादेखि सेटिङ मिलाउँदा रकम बुझेको भन्ने अडियो सार्वजनिक भएपछि प्रहरीले थप प्रमाण संकलनका लागि अनुसन्धान गरिरहेको बताएको छ ।

‘अडियोमाथि पनि अनुसन्धान भइरहेको छ’, जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीले भने,– ‘यसको वास्तविक तहसम्म नपुग्दासम्म केही भन्न सक्ने अवस्था छैन । अडियोमा उल्लेख गरिएका विषयहरूलाई तथ्यले पुष्टि हुने ठाउँ छन्÷छैनन् भनेर अनुसन्धान गरिरहेका छौं ।’

सार्वजनिक भएको अडियोमा आरजु राणाले साढे २ करोड र तत्कालीन गृहमन्त्री खाँणकी पत्नी मञ्जुलाई ६ करोड रकम बुझाएको दाबी गरिएको छ ।

तर, आरजु र खाँणले उक्त अडियो सत्य नभएको दाबी गरेका छन् । आइतबारको प्रतिनिधि सभा बैठकमा समेत आरजुले आफूमाथि झुटा आरोप लगाइएको भन्दै उक्त प्रकरणमा सत्यतथ्य छानबिन हुनुपर्ने माग गरेकी छन्। बालकृष्ण खाँणको सचिवालयले पनि अडियोमा सत्यता नरहेको दाबी गर्दै खण्डन गरिरहेको छ । नेपाल समाचारपत्र दैनिकबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्