नेपाल र यूएईबीचको फाइनल खेल आज, प्रवेश निःशुल्क

होस्ट खबर १९ बैशाख २०८०, मंगलवार
1 Min Read
Aa

काठमाण्डौ : नेपाल र यूएईबीचको एसीसी प्रिमियर कप क्रिकेटको फाइनल खेल आज हुँदैछ । सोमबार वर्षाका कारण रोकिएको खेल आज यूएईले २७ ओभर ३ बलमा ९ विकेट गुमाएर १ सय ६ रन जोडेको अवस्थाबाट नै पुनः सुरु हुनेछ ।

कीर्तिपुर मैदानमा खेल रोकिनुअघि पहिला ब्याटिङ गरिरहेको यूएई २७ ओभर ३ बलमा ९ विकेट गुमाएर १ सय ६ रनको सामान्य अवस्थामा छ । आजको ‘रिजर्भ डे’ मा बिहान ९ बजे यूएईले खेल थाल्नेछ । नेपाली स्पिनर ललित नारायण राजवंशी ह्याट्रिक विकेटको नजिक छन् । आज पनि पानी पर्ने पूर्वानुमान गरिएको छ । वर्षाले खेल रोकिएमा ओभर घटाएर खेलाइनेछ ।

ओभर घटाएर पनि खेल सम्भव नभए सुपर ओभर खेलाइनेछ । सुपर ओभर पनि हुन नसक्ने अवस्थामा भने एकदिवसीय अन्तर्राष्ट्रिय वरीयताको आधारमा नेपाल विजेता हुनेछ र आउँदो सेप्टेम्बरमा हुने एसिया कपमा छनोट हुनेछ ।

नेपाल क्रिकेट सङ्घ ९क्यान० ले एसीसी प्रिमियर कप क्रिकेटको आज हुने फाइनल खेलमा दर्शकलाई निःशुल्क प्रवेश दिने भएको छ।

हिजोको खेलमा साधारण टिकट २ सय रुपैयाँ राखिएको थियो । तर वर्षाको कारण फाइनल खेल पूरा हुन नसकेपछि आज हुन लागेको हो । ‘रिजर्भ डे’ का रुपमा खेल सारिएपछि दर्शकलाई प्रवेश निःशुल्क गरिएको हो ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्