उपेन्द्रलाई बधाई दिदै सीकेले भने: ‘३४ जना उम्मेदवारमध्ये एउटाले न जित्ने हो’

होस्ट खबर १३ बैशाख २०८०, बुधबार
1 Min Read
Aa

काठमाडौं : आईतबार सम्पन्न उपनिर्वाचनमा बारा २ बाट निर्वाचित भएका जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवलाई जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले बधाई दिएका छन् ।

राउतले सामाजिक सञ्जालबाट आफ्नो पार्टीले जनताको अगाध माया पाएको भन्दै जनमतका उम्मेदवारलाई मतदान गर्नेलाई धन्यवाद दिएका छन् ।

राउतले लेखेका छन, ‘निर्वाचन हो । ३४ जना उम्मेदवारमध्ये एउटाले न जित्ने हो । अन्य पार्टीहरूले पनि लोकतन्त्रप्रति आफ्नो जिम्मेवारी सहृदयताका साथ वहन गरेको छ । यहाँ ५०८१ मतान्तरले यादवले जनमतका शिवचन्द्र कुशवाहामाथि जित हात पारेका छन् ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्