तनहुँ-१ बाट स्वर्णिम वाग्ले १४ हजार बढी मतान्तरसहित विजयी

होस्ट खबर १२ बैशाख २०८०, मंगलवार
1 Min Read
Aa

तनहुँ : तनहुँ-१ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्ले विजयी भएका छन् । उनले १४ हजार बढी मतान्तरसहित विजयी भएका हुन् ।

वाग्लेले ३४ हजार ४ सय ८० मत ल्याउँदा नेपाली कांग्रेसका गोविन्द भट्टराईले २० हजार ९२ मत प्राप्त गरे । त्यस्तै तेस्रो स्थानमा रहेका नेकपा (एमाले) का सर्वेन्द्र खनालले ८ हजार ५ सय ५५ मत मात्र प्राप्त गरे । तनहुँ-१ मा आइतबार भएको उपनिर्वाचनमा ६५ हजारभन्दा बढी मत खसेको थियो । वाग्लेले कुल सदर मतको ५२ प्रतिशतभन्दा बढी हासिल गरेका हुन् ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्