नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा निरक केसी विजयी

होस्ट खबर ७ बैशाख २०८०, बिहीबार
1 Min Read
Aa

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा निरक केसी विजयी भएका छन् ।

सोमबार भएको निर्वाचनमा केसीले प्रवलजंग पाण्डेलाई पराजित गर्दै कोषाध्यक्षमा विजयी भएका हुन् । केसीले ३८ मत प्राप्त गरे भने पाण्डेले २९ मत पाएका थिए ।

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको समर्थनमा केसी उम्मेदवार बनेका थिए भने अर्का उम्मेदवार पाण्डेलाई वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठको समर्थन रहेको थियो ।

निर्वाचित कार्यसमितिले कोषाध्यक्ष चयन गर्ने महासंघको विधानमा व्यवस्था रहेको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्