कर्णाली सरकारमा कांग्रेसको इन्ट्री, तीन मन्त्रीको सपथ आज

होस्ट खबर ६ बैशाख २०८०, बुधबार
1 Min Read
Aa

सुर्खेत : कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेस औपचारिक रुपमा सहभागी हुने भएको छ । केन्द्रिय राजनीतिमा आएको फेरबदलका कारण कर्णाली सरकारवाट नेकपा एमाले बाहिरिएपछि कांग्रेसले सहभागिता जनाउन लागेको हो ।

जसअनुसार कर्णाली सरकारमा सहभागिता जनाउँदै नेपाली कांग्रेसबाट सिफारिस भएका तीन जना मन्त्रीले आज सपथ लिँदैछन् । कांग्रेसले मंगलवार खड्गबहादुर पोखरेल, कृष्णकुमार बिसी र बेदराज सिंहको नाम मन्त्रीमा सिफारिस गरेको थियो ।

कर्णाली सरकारमा कांग्रेसका पोखरेल सामाजिक विकास मन्त्रालय, बिसी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र सिंह आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हाल्दै छन् । सिफारिस भएका तीनै जना मन्त्रीलाई आज मुख्यमन्त्री राजकुमार शर्माले सपथ ग्रहण गराउँदै छन् ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्