बागेश्वरी मन्दिरको महाआरतीमा पूर्वराजा शाह आउने

होस्ट खबर ५ बैशाख २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौं : बागेश्वरी मन्दिरमा गरिने महाआरतीमा सहभागी हुनका लागि पूर्वराजा ज्ञानेन्द्र शाहलगायत तत्कालीन राजपरिवार नेपालगञ्ज आउने भएका छन् ।

पश्चिम नेपालको विभिन्न जिल्लाको भ्रमणमा निस्किने क्रममा पूर्वराजा ज्ञानेन्द्रसहितका तत्कालीन राजपरिवारका सदस्य नेपालगञ्ज आउने र बागेश्वरी मन्दिरमा हुने महाआरतीमा सहभागी हुने कार्यक्रम बनाइएको छ ।

पूर्वराजा वैशाख १८ गते नेपालगञ्ज आउने कार्यक्रम रहेको छ । पूर्वराजाले एक महिना नै नेपालगञ्जमा बसेर सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न जिल्लाको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

पूर्वराजालाई नागरिक अभिनन्दन गर्ने र नेपालगञ्ज बसाइ सुखद् बनाउनका लागि राजावादी तथा हिन्दुवादीहरू छलफलमा जुटेका छन् । पूर्वराजाको भ्रमणबारेमा छलफल गर्न राजाका सचिव सागर तिमिल्सेना नेपालगञ्ज आएका छन्। सचिव तिमिल्सेनाले नेपालगञ्जमा राजावादी पार्टी, भातृ संगठन, हिन्दुवादी संघ संस्था तथा व्यक्तिसँग छलफल गरिरहेका छन् ।

नेपालगञ्जको बागेश्वरी मन्दिरमा केही महिनादेखि हरेक सोमबार महाआरती गर्ने गरिएको छ। महाआरतीमा दिनप्रति दिन भक्तजनको घुँइचो लागिरहेको छ । पश्चिम नेपालको प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरमा बाह्य तथा आन्तरिक पर्यटकको सधौ भीड हुने गर्दछ ।

हरेक सोमबार महाआरती हुने भएपछि भक्तजनहरू स्वस्फूर्त आउने गरेका छन् ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array