‘सरकार कर्मचारीलाई तलब खुवाउन नसक्ने अवस्थामा हो ?’

होस्ट खबर ३० चैत्र २०७९, बिहीबार
2 Min Read
Aa

काठमाडौं : प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा आर्थिक संकटको विषयमा सांसदहरूले कुरा उठाएका छन् । सांसद प्रेम सुवालले सरकार कर्मचारीलाई तलब खुवाउन नसक्ने अवस्थामा रहेको होरु भन्दै प्रश्न गरेका छन् ।

उनले भने, ‘प्रधानमन्त्रीले आफूले जिम्मेवारी सम्हालेको सय दिनमा अर्थतन्त्रमा निकै सुधार भएको भनिरहनुभएको छ तर केही महिनापछाडि कर्मचारीको तलब खुवाउन नसक्ने अवस्था हुँदै छ ।’

सरकारले कर्मचारीको सञ्चित बिदा र औषधि उपचारको ३२ अर्ब रुपैयाँ रोकेको भन्दै उनले पछिल्लो आर्थिक अवस्थाको विषयमा स्पष्ट पार्ने आग्रह गरे । ‘रेमिट्यान्स धेरै भित्रिनुको अर्थ बगैँचाजस्तो नेपाललाई मरुभूमि बनाउनु हो,’ उनले भने ।

उनले किसानलाई रासायनिक मल दिनेतर्फ सरकारको ध्यान नगएको आरोप लगाउँदै भने, ‘पर्यटनमन्त्रीले शिवरात्रिको मेलामा घोटाला भएको स्वीकार गर्नुभएको छ, अख्तियार के गर्दै छ रु’

महालेखा नियन्त्रक कार्यालयले २१ चैतमा सबै कोष तथा लेखा नियन्त्रक कार्यालयलाई पत्र पठाउँदै कर्मचारीको उपदान, सञ्चित बिदा र औषधि उपचार रकम चालू आर्थिक वर्ष २०७९९८० को बजेट कार्यान्वयन मार्गदर्शनअनुसार निकासा गर्न भनेको थियो । त्यो निकासा नभएकामा सुवालले प्रश्न गरेका हुन् ।

यसैगरी, प्रतिनिधिसभामा प्रधानमन्त्री र मन्त्रीको उपस्थिति न्यून भएको विषयदेखि बजेट रकमान्तर, प्रधानमन्त्रीको आगामी भारत भ्रमण, संक्रमणकालीन न्यायको विषयले समेत प्रवेश पायो । बुधबारको विशेष समयमा नेपाली कांग्रेसका राजेन्द्र बजगाईंले सदनमा प्रधानमन्त्री र मन्त्रीको उपस्थित न्यून भएको बताउँदै उनले राष्ट्रिय गौरवका बूढीगण्डकीको बजेट अरू आयोजनाका लागि नपठाउन आग्रह गरे ।

नेकपा ९एमाले० का ठाकुर गैरेले पनिदेशमा आर्थिक संकटको हल्ला के होरु भन्दै प्रश्न गरेका थिए । उनले आर्थिक संकट समाधानका लागि समान धारणा बनाउन आवश्यक रहेको बताए ।

नेकपा ९माओवादी केन्द्र० कानारायणी शर्माले विपन्न र दुर्गम क्षेत्रका जनताले संघीयता र गणतन्त्रको लाभ प्राप्त गर्न नसकेको बताउँदै शान्ति–सम्झौताको सम्पूर्ण काम पूरा गरेर पीडितको घाउमा मलम लगाउनुपर्ने बताइन् ।

राप्रपाका धु्रवबहादुर प्रधानले किसानले मलखाद र सिँचाइको समस्या भोग्नुपरेकाले ती समस्या सम्बोधनका लागि सरकारको ध्यानाकर्षण गराए । राजधानी दैनिकबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array