काठमाडौं : कोभिड–१९ बढिरहेको अवस्थामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय भने नेतृत्वविहीन अवस्थामा छ । सरकारमा भागबन्डा नमिल्दा स्वास्थ्य मन्त्रालय झन्डै एक महिनादेखि मन्त्रीविहीन बनेको हो ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3410.png")
जनस्वास्थ्यसँग जोडिएर संवेदनशील मानिएको स्वास्थ्य मन्त्रालय नै मन्त्रीविहीन हुँदा पछिल्लो समयमा बढ्दै गएको कोरोना भाइरस संक्रमण नियन्त्रणसम्बन्धी नीतिगत निर्णय गर्न कठिनाइ भएको मन्त्रालय स्रोतले बताएको छ ।
सरकारमाथि समयमै मन्त्री नियुक्त नगरेर जनताको स्वास्थ्यसँग खेलवाड गरेको आरोप लाग्न थालेको छ । पछिल्लो समयमा कोभिड र डेंगु संक्रमणको त्रास बढ्दो छ ।
मन्त्रालयका अर्का एक सहसचिव भन्छन्– ‘मन्त्रालयको मुख्य निर्णयकर्ता नै लामो समयसम्म नभएपछि सम्बन्धित मन्त्रालयअन्तर्गतका सबै क्षेत्रमा असर पर्ने नै भयो । क्याबिनेट मन्त्री नै नभएपछि नीतिगत निर्णय प्रक्रियामा ढिलाइ हुने र त्यसको प्रत्यक्ष असर सेवाग्राहीसम्म पर्ने हुन्छ ।’ सरकारले दिने सेवा प्रवाह समयमै नहुँदा नागरिकस्तरमा सरकारप्रति नैराश्यतासँगै अविश्वास बढ्ने र लोकतन्त्र नै खतरामा पर्नेसम्मको अवस्था आउन सक्ने उनी बताउँछन् । आजको नेपाल समाचारपत्र दैनिकबाट
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/75575C8E-23F0-4247-8E15-583FC61034A6.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/birendranagar.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/samajik-bikas-mantralaya.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3389.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/bheriganga1.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/C8407B6D-1349-4F3E-B9DF-1C51A9F97C88.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/lekhbesi.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/gurbhakot.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/12CE903B-2DFE-4D78-89F9-8B93CDF19311.jpeg)
प्रतिक्रिया दिनुहोस्