सत्तागठबन्धनमा मिल्यो भागबन्डा, कसले कति-कति मन्त्रालय पाए ?

होस्ट खबर १६ चैत्र २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं : सत्ता गठबन्धन दलमा भागबन्डा मिलेको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको सत्तागठबन्धनको बैठकले भागबन्डा मिलाएको हो । जसअन्तर्गत नेपाली कांग्रेसले आठ मन्त्रालय पाउने भएको छ ।

यस्तै नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीसहित पाँच मन्त्रालय पाउने भएको छ । साथै माओवादीले थप एक राज्यमन्त्री पनि पाउने भएको छ । त्यस्तै एकीकृत समाजवादी र जनता समाजवादीले दुईरदुई मन्त्रालय पाउने भएका छन् । यस्तै नागरिक उन्मुक्ति पार्टी, बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टी र प्रभु शाहले एकरएक मन्त्रालय पाएका छन् ।

यस्तै सिके राउतको जनमत पार्टीले एक मन्त्री र राज्यमन्त्री गरी दुई पाउने भएका छन् । एक राज्यमन्त्रीबारे भने अझै टुंगो लागेको छैन । बिहीबार मन्त्रिपरिषद्‍ विस्तार गरी मन्त्रीहरूलाई शपथग्रहण पनि गराउने तयारी भएको बैठकमा सहभागी जसपाका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array