थ्री नेसन्स कप: नेपाल र भुटान भिड्दै

होस्ट खबर १४ चैत्र २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं : प्रधानमन्त्री थ्री नेसन्स कपमा घरेलु टोली नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्दै छ।

दशरथ रंगशालामा साँझ ६ बजे सुरु हुने खेलमा नेपाल लगातार दोस्रो जीत हात पार्ने लक्ष्यसहित मैदान उत्रनेछ।

नेपालले पहिलो खेलमा लाओसलाई २–० गोलले पराजित गरेको छ भने लाओससँग पराजित भएर आएको भुटान नेपालसँग पहिलो जीतका लागि प्रतिस्पर्धामा हुनेछ ।

पछिल्लो पटक भुटानले नेपालसँग सन २०१९ मा भएको १३औं दक्षिण एसियाली खेलकुद ९साग०मा प्रतिस्पर्धा गरेको थियो।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array