काठमाडौं : अहिलेसम्म कानुन निर्माणमा जनताका प्रतिनिधि मात्र संलग्न हुन्थे, उनीहरू नै जनताका तर्फबाट विधेयकमाथि छलफल, संशोधन र अनुमोदन प्रक्रियामा सहभागी हुन्थे ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3410.png")
तर अबदेखि संसद्मा दर्ता हुने कुनै पनि विधेयकमा जनता प्रत्यक्ष जोडिने भएका छन् । जनताले विधेयकमाथि लिखित रूपमा सुझाव दिन सक्ने छन् ।
विधेयकमा कस्ताकस्ता कुरा समेट्नुपर्छ, केके त्रुटि छन् भन्ने विषयमा पनि जनताले राय दिन सक्नेछन् । देशविदेशका नेपालीले ‘पार्लियामेन्ट डट जिओभी डट एनपी’ नामक ‘वेबसाइट’भित्र राखिएको प्रतिनिधिसभा र राष्ट्रियसभा विधेयकको मेनुमा पुगेर आफ्नो प्रतिक्रिया दिन पाउने छन् ।
यसबारे संसदीय अध्ययन तथा अनुसन्धान शाखाले छिट्टै वेबसाइटमा जनताको प्रतिक्रियाका लागि फारम राख्ने अन्तिम गृहकार्य गरिरहेको छ ।‘प्रतिक्रिया दिँदा विधेयकको नाममा क्लिक गरेपछि फारम आफैं खुल्नेछ ।
प्रतिक्रिया दिनेको नाम, ठेगाना, सम्पर्क नम्बर, इमेल उल्लेख गरी २५० शब्दमा सुझाव दिन सकिने व्यवस्था गरिएको छ,’ संसद् सचिवालयका सचिव डा। रोजनाथ पाण्डेले भने ।
संसदीय अध्ययन तथा अनुसन्धान शाखा प्रमुखसमेत रहेका सचिव पाण्डेले थपे, ‘यो संसदीय अभ्यास नेपालमा पहिलोपटक गर्न लागिएको हो, बेलायत, भारतलगायत संसदीय व्यवस्था भएका मुलुकमा यसको अभ्यास भइरहेको छ ।
हामीले नियमावलीमा व्यवस्था नगरे पनि यसलाई अभ्यासका रूपमा गर्न लागेका छौं । यसबारे सेमिनार, गोष्ठी पनि भइरहेका छन् । अब यसलाई छिट्टै वेबसाइटमा राख्न लागेका छौं ।’ नागरिक दैनिकबाट
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/75575C8E-23F0-4247-8E15-583FC61034A6.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/birendranagar.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/samajik-bikas-mantralaya.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3389.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/bheriganga1.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/C8407B6D-1349-4F3E-B9DF-1C51A9F97C88.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/lekhbesi.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/gurbhakot.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/12CE903B-2DFE-4D78-89F9-8B93CDF19311.jpeg)
प्रतिक्रिया दिनुहोस्