सुर्खेत बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी

होस्ट खबर ७ चैत्र २०७९, मंगलवार
1 Min Read
Aa

सुर्खेत : सुर्खेत बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका अक्कल सिजापतीसहित प्यानल नै विजयी भएको छ । सिजापतीले ९ सय ६७ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका हुन् ।

उनका प्रतिस्पर्धी हिक्मत शाहीले ४ सय ८८ मत प्राप्त गरेका छन् । शाही गठबन्धन गरेर निर्वाचनमा होमिएका थिए ।

यस्तै, सचिवमा भवानी ढकाल निर्वाचित भएका छन् । उनले ९ सय ४ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी मिलन विसीले ४ सय ७२ मत प्राप्त गरे । कोषाध्यक्षमा ललित राना निर्वाचित भएका छन् । उनले ७ सय ७० मत ल्याउँदा उहाका प्रतिस्पर्धी रामसरण विकले ४ सय ७२ मत मात्रै प्राप्त गरे ।

यस्तै सदस्यहरुमा भरत शाही, राधा रिजाल, गगन आले, जुद्द रोकाय, दिपेन्द्र शाही, महेन्द्र खड्का, निरा जैशी र अशोक बराल निर्वाचित भएका छन् ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array