उपराष्ट्रपति निर्वाचन: आज उम्मेदवारी मनोनयन दर्ता

होस्ट खबर २७ फाल्गुन २०७९, शनिबार
2 Min Read
Aa

काठमाडौं : उपराष्ट्रपतिको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । आज बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म उमेदवारी मनोनयन दर्ताको समय तोकिएको सार्वजनिक कार्यतालिकामा उल्लेख छ । आज नै उमेदवारविरुद्ध उजुरी दिन सकिनेछ ।

यसका लागि २ देखि ३ बजेसम्मको समय तोकिएको छ । २८ गते उजुरीउपर जाँचबुझ गरि निर्णय लिइने निर्वाचन आयोगले जनाएको छ । सोही दिन उमेदवारको नामावली प्रकाशन गर्ने कार्यसूची रहेको छ ।

कार्यतालिका अनुसार २८ गते उमेदवारले नाम फिर्ता लिने र सोही दिन अन्तिम नामावली प्रकाशन गर्ने कार्यसूची रहेको छ । चैत ३ गते मतदान हुनेछ । आयोगले मतदान बिहान १० बजेदखि दिउँसो ३ बजेसम्म हुने जनाएको छ ।

सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माका अनुसार नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बिहान ९ देखि दिउँसो २ बजेसम्म उम्मेदवारी मनोनयनपत्र दर्ता हुनेछ । संविधान बमोजिम राष्ट्रपति र उपराष्ट्रपतिमा फरक लिङ्ग वा समुदायबाट प्रतिनिधित्व हुने व्यवस्था छ ।

राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल खस आर्य समावेशी समूहका उम्मेदवार निर्वाचित भएकाले उपराष्ट्रपतिमा त्योभन्दा फरक लिङ्ग वा समुदायको व्यक्ति हुनुपर्नेछ । उम्मेदवारी दर्ताका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको सहायक निर्वाचन अधिकृत शर्माले जानकारी दिए ।

उपराष्ट्रपतिको निर्वाचन सङ्घीय संसद् ९प्रतिनिधिसभा र राष्ट्रियसभा० र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुनेछ । उपराष्ट्रपति निर्वाचनमा मतदाताको सङ्ख्या सङ्घीय संसद्तर्फ ३३२ र प्रदेशसभा सदस्य ५५० गरी कूल ८८२ कायम छ । सङ्घीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ रहेको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array