नेपाली महिला पाईलट, जसले पहिलो पटक गरे अन्तर्राष्ट्रिय उडान

होस्ट खबर २२ फाल्गुन २०७९, सोमबार
1 Min Read
Aa

काठमाण्डौं : युएई तर्फको उडानमा पहिलो पटक नेपाली महिला पाइलटको टोलीले आफ्नो उडान सफलतापूर्वक भरेका छन् । आइतवार, नेपाल वायुसेवा निगमको इतिहासमा पहिलो पटक दुई जना महिला पाइलटले सँगै उडान गरेको पाइलट भावना पन्तले जनाएकी छन् ।

उनीसंगै को – को-पाईलट शृजना रावत उडानमा रहेकी थिइन् । उनले महिलाहरुको सो अन्तर्राष्ट्रिय उडान गर्न पाउदा आफुलाई भाग्यमानी ठानेको बताउँदै हौसला प्रदान गर्ने लाखौं शुभचिन्तकहरु प्रति धन्यवाद दिएकी छन् ।

उनीहरुले विमान युएई विमान स्थलमा पुगे पछि गैरआवासीय नेपाल संघ (यूएई) ले उनीहरुलाई भव्य स्वागत गरेको गैरआवासीय नेपाली संघका प्रवक्ता सोम सापकोटाले जानकारी दिए । सो सम्मानको लागि गैरआवासीय नेपाली संघको यूरोप क्षेत्रीय संयोजक मनोज गोर्खाली, एनआरएनए युएईका उपाध्यक्ष निरंजन सिलवाल र शोभा शर्मा विमानस्थल पुगेका थिए ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्