सरकार र प्रशासन सञ्चालनमा प्रधानमन्त्रीको ‘रजगज’

होस्ट खबर २१ फाल्गुन २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं : नेपालको राजनीति प्रमुख राजनीतिक दलको स्वार्थ, तिकडक र दाउपेचकै आधारमा चलिरहँदा सरकार र प्रशासन सञ्चालनमा भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उनको सचिवालयको हालीमुली (रजगज) देखिएको छ ।

यतिखेर प्रशासन सञ्चालनमाको अवस्था हेर्दा मुलुकमा प्रचण्ड नेतृत्वको माओवादीको एकलौटी सरकार भएको अनुभूति प्रशासनभित्र हुन थालेको बताइन्छ ।

विशेषगरी राष्ट्रपति चुनावलाई सरकारसँग जोडेर सरकार विस्तार गरिएको छैन । जसको फाइदा प्रधानमन्त्री र उनको दलले लिइरहेको प्रशासकको भनाइ छ ।

व्यक्तिगत स्वार्थपूर्तिका लागि गरिएका सत्तागठबन्धन हेरफेर हुँदा अहिले त्यसको सबैभन्दा बढी फाइदा प्रधानमन्त्री प्रचण्ड र उनको दल माओवादी केन्द्रलाई भएको हो । हाल सरकारमा जनमत पार्टीको एक जनाबाहेक अन्य सबै माओवादी केन्द्रकै मन्त्री रहेका छन् । राजधानी दैनिकबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्