गठबन्धन भत्काउन एमालेको प्रस्ताव, प्रधानमन्त्रीमा देउवालाई निम्तो

होस्ट खबर १८ फाल्गुन २०७९, बिहीबार
4 Min Read
Aa

काठमाडौँ : सातदलीय गठबन्धन भत्किएर आठ दलीय समीकरण बनेको एकसाता वितेको छैन । तर फेरि कोर्ष करेक्सनकै सम्भावनामाथिदलहरु खेल्न थालेका छन् । यसकालागि सत्ता गुमाएर राष्ट्रपति हुँदै प्रदेश सरकार समेत गुमाउने अवस्थामा रहेको एमालेले काँग्रेस सभापति देउवालाई प्रधानमन्त्रीकै लोभ देखाउन थालेको छ ।

आफ्नै नेतृत्वको सात दलीय गठबन्धनलाई आधार बनाएर बनेको प्रचण्ड सरकार भत्किने भेउ पाएलगत्तै एमाले अध्यक्षकेपीशर्मा ओलीले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीकै प्रस्ताव गरेका थिए ।त्यो प्रस्ताव औपचारिक नभएपनि देउवा प्रधानमन्त्रीका लागि राजी भए एमाले समर्थन दिन तयार रहेको सन्देश धुम्बाराही पुगिसकेको थियो ।

तर पुस १० माअकस्मात बनेको एमाले–माओवादी समीकरणले सत्ताको सबथोक गुमाउन बाध्य बनेका देउवा ओलीको अन्तिम अस्त्रका रुपमा आएको त्यो प्रस्ताव स्वीकार्न तयार भएनन् । किनकि त्यो भन्दाअघि नै प्रधानमन्त्री प्रचण्डसँग देउवा कसिलो विश्वासमा कसिएका थिए ।

फलतःदुई महिना लामो कसरत पछि एमाले नेतृत्वको गठबन्धन भत्काएर काँग्रेस सत्ताफर्काउन ‘कामयाब’ बनेको छ । तर पुस १० मा सहमति नै भएको राष्ट्रपति सहित सत्ताको सबथोक गुमाउने अवस्थामा रहेको एमाले अझै पनि देउवा तयार भए प्रधानमन्त्री बनाउन आफु तयार रहेको सन्देश दिइरहेको छ ।

‘सत्ता नै अन्तिम सत्य हो’ भन्ने बुझाईमा रहेका देउवाले प्रधानमन्त्रीकै प्रस्तावमा लोभ लुकाएपछि एमाले आश्चर्यमा परेको छ । किनकि सत्ताका लागि अवसर आए दौडिहाल्ने मध्येका एक पात्र देउवा पनि हुन् । झन ज्योतिषीको भविष्यवाणीकै आधारमा प्रधानमन्त्रीको कुर्सीलाई तौलिएर सातौं पटक पु¥याउने लक्ष्य लिएका देउवाका लागि प्रधानमन्त्री नै सबथोक हो ।

तर यसपटक उनी हच्चिएका छन् । किनकि मुखमै रहेको राष्ट्रपति गुम्ने डर देउवामा परेको छ । राष्ट्रपतिकै लागि पुस २६ मा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मतदिएर गठबन्धन भत्काउने जग बसाएका देउवाका लागि अहिले शीतल निवासमा रामचन्द्र पौडेलको प्रवेश नै प्रमुख हो ।

जुन एमाले भन्दा माओवादीकै साथमा सहज छ । देउवा ओलीको प्रस्तावमा झस्किनुको अर्को कारण पुस १० को धोका पनि हो । जहाँ ओलीले देउवालाई ‘तपाईँ प्रधानमन्त्रीकै तयारी गर्नुस्, आवश्यक परे हामी समर्थन दिउँला’ भनेका थिए । तर ३ बजेसम्म पर्खाएका ओली माओवादी आफुसँग मिल्न आएपछि प्रचण्डलाई प्रधानमन्त्री नै दिएर गठबन्धनको नेतृत्वगर्न तयार भए ।

जसबाट झस्किएको काँग्रेस अहिले पनि ओलीलाई विश्वासको सहयात्री मान्न सकिरहेको छैन ।यसले एमाले–काँग्रेस सहकार्यको सम्भावनालाई बढाएपनि देउवा तत्कालै ओलीसँग मिलिहाल्ने जग बसेको छैन । किनकि एमालेको मुख्यप्रतिस्पर्धी माओवादी नभएर काँग्रेस नै हो ।

परको तेस्रो शक्तिले सत्ता माहाली मुहाली गर्दा बराबरीका यी दुवै शक्ति रन्थनिए पनि एक अर्काको अस्तित्व स्वीकार्ने अवस्थामा छैनन् । तर राष्ट्रपतिको निर्वाचनलगत्तै देउवा ओलीकै प्रस्तावमा प्रधानमन्त्रीबन्ने सम्भावनालाई विश्लेषकहरु बलियो बनाइरहेका छन् ।

देउवा सत्ताका लागि पर्खिन सक्ने पात्र होइनन् । कम्युनिष्टहरुको मिलनमा शक्तिशाली वाम एकता सहितको सरकार बन्दा देउवा कमजोर प्रतिपक्षको भूमिका थिए । तर तीन बर्ष नपुग्दै भित्तामा थन्किएको काँग्रेसलाई देउवाले सत्तामा ल्याए । यसै कारण उनी प्रचण्डपछि माधवलाई पालो दिएर साढे तीनबर्ष प्रधानमन्त्रीकै लागि पर्खिने सम्भावनामै प्रश्न छ ।

झन संवैधानिक परिषद्मा प्रधानमन्त्री प्रचण्ड अल्पमतमा पर्दा ओली स्पष्ट बहुमतमा छन् ।एमालेसँग सहकार्य नगरि नागरिकता विधेयक सहित द्वन्द्वकालिन न्याय निरुपण र संविधान संसोधन जस्ता विषय पार लगाउन देउवा–प्रचण्डलाई संकट छ । फलतः राष्ट्रपतिको निर्वाचन वरपरै राजनीतिक कोर्ष करेक्सनको सम्भावनालाई नकार्ने अवस्था छैन ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्