कर्णालीले १०औँ राष्ट्रिय खेलकुदको जिम्मेवारी पाउनु गौरव, बजेट अभाव हुनेछैन: उपसभापति खड्का

होस्ट खबर ७ फाल्गुन २०७९, आईतवार
2 Min Read
Aa

सुर्खेत : नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले शनिवार बिहान निमार्णधिन रंगशालाको अनुगमन गर्दै सुर्खेत निर्वाचन क्षेत्र नम्वर-१ का प्रतिनिधीसभा सदस्य समेत रहेका उपसभापति  खड्काले १० औँ राष्ट्रिय खेलकुदको जिम्मेवारी कर्णाली प्रदेशले पाउनु गौरवको कुरा भएको बताए । उपसभापति खड्काले १० औ राष्ट्रिय खेलकुद वीरेन्द्रनगरमा हुनु महत्वपुर्ण भएको बताउँदै सबै मिलेर खेलकुदलाई सफल पार्न सवै क्षेत्रबाट सबैले योगदान गर्नुपर्ने बताए । उपसभापति खड्काले कर्णाली प्रदेशले अन्तराष्ट्रिय रंगशाला निर्माण गर्ने तदारुकता प्रशंसायोग्य रहेकोेमा धन्यवाद समेत व्यक्त गरे । साथै कर्णालीमा १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाका लागि पुर्वाधार बनाउन बजेट अभाव नहुने बताएका छन्।

कर्णाली प्रदेशको गौरबको आयोजना निर्माणाधिन प्रदेश रंगशालाको अनुगमन गर्दै १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा गर्ने तय भईसकेकाले संघीय सरकारसँग समन्वय गरी खेलकुद पूर्वाधार निर्माण गर्न बजेटको अभाव हुन नदिने बताए।

कर्णाली प्रदेश खेलकुद परिषदका सदस्य सचिव विषमित्र सञ्ज्यालसँग रंगशाला निर्माणको कामका साथै १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अवस्था बुझ्दै उपसभापति खड्काले संघीय सरकारबाट बिनियोजन गर्नुपर्ने बजेटका लागि आफु पहल गर्ने बताए।

हालसम्म करिब ३३ प्रतिशत सम्पन्न भएको छ । २०७८ कार्तिकमा मुख्यमन्त्री जीवनबहादुर शाहीले शिलान्यास गरेको उक्त रंगशालाको काम ३३ प्रतिशत सम्पन्न भएको एमएसी–जिएसएल कम्पनीले जनाएको छ । २०८१ मंसिर २ गते हुने १० औ राष्ट्रिय खेलकुदको लागि प्रदेश गौरवको रङ्गशाला निर्माणकोे काम धमाधम भइरहेको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्