सुर्खेत : सुर्खेतको वीरेन्द्रनगर-५ चिसापानी खेल मैदानमाजारी वीरेन्द्रनगर नगरपालिकाको मियर कप-२०७९ को उपाधी १० नम्बर वडाले जितेको छ ।
आइतबार वीरेन्द्रनगर १० र वीरेन्द्रनगर ४ बीच भएको फाइनल खेलमा वीरेन्द्रनगर ४ लाई हराउँदै मेयर कपको उपाधी वीरेन्द्रनगर १० ले उचालेको हो । सम्पन्न फाइनल खेलमा वडा नम्बर १० ले वडा नम्बर ४ लाई पेनाल्टी सुट आउटमा हराएको हो ।
खेल माघ २३ गतेबाट मेयर कप पुरुष फुटबल सुरु भएको थियो । खेलमा वीरेन्द्रनगरका १६ वडाका १६ टिमको सहभागिता रहेको थियो।













प्रतिक्रिया दिनुहोस्