विवादित वीरेन्द्रनगर मेयर कप फुटबल आजबाट संचालन हुदै

होस्ट खबर २३ माघ २०७९, सोमबार
1 Min Read
Aa

सुर्खेत : वीरेन्द्रनगर नगरपलिका सुर्खेतमा मेयर कप फुटबल भोलिबाट संचालन हुने भएको छ ।

माघ २३ गतेबाट २५ गतेसम्म संचालन हुने मेयर कप पुरुष फुटबलमा वीरेन्द्रनगरका-१६ वडाका १६ टिमको सहभागिता रहने नगरपालिकाले जनाएको छ । मेयर कप संचालन तथा व्यवस्थापनका लागि जिल्ला फुटबल संघ सुर्खेतका सदस्य गोर्वधन खड्काको संयोजकत्त्वमा ७ सदस्यीय समिती गठन पनि गरिएको छ ।

यो प्रतियोगितालाई लिएर बिभिन्न विवादहरु पनि आएका थिए । जिल्ला फुटबल संघसँग समन्वय नै नगरी मेयर कप फुटबल प्रदेश फुटबल संघले गर्न लागेको भन्दै यसअघि मेयर कप विवादित बनेको थियो ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array