बलात्कार अभियोग लागेका व्यक्तिलाई कुनैपनि खालको उन्मुक्ति दिने कुरा ग्राह्य हुँदैन्: उपसभापति खड्का

होस्ट खबर २२ माघ २०७९, आईतवार
1 Min Read
Aa

सुर्खेत : नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले बलात्कारको अभियोग लागेको व्यक्तिलाई कुनैपनि खालको उन्मुक्ति दिने कुरा ग्राह्य हुनै नसक्ने बताएका छन् । बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेमाथि लागेको प्रतिबन्ध क्यानले फुकुवा गरेको छ । यही सन्दर्भमा उनले यस्तो धारणा राखेका हुन् ।

हिजोमात्रै कांग्रेस महामन्त्री गगन थापाले पनि यसबारेमा धारणा सार्वजनिक गरेर लामिछानेको निलम्बन फुकुवा गलत भएको भन्दै क्यानलाई अविलम्ब निर्णय फिर्ता लिन आग्रह गरेका छन् । आज खड्काले सामाजिक सञ्जालमार्फत यस्तो धारणा राखेका हुन् ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array