लामिछानेलाई पुनः उपप्रधानसहित गृहमै फर्काउन प्रधानमन्त्री दाहाललाई ओलिको दबाब

होस्ट खबर १६ माघ २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पुनः उपप्रधानसहित गृहमन्त्री पदमै फर्काउन प्रधानमन्त्री पुष्पकमल दाहाललाई दबाब दिएका छन् । नागरिकताको छानविनका क्रममा गृहमन्त्री पदबाट बाहिरिएका लामिछानेले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पुनः नागरिकता पाएका छन्। पुनः नागरिकता पाएपछि केपी शर्मा ओलीले लामिछानेलाई उपप्रधानमन्त्रीसहित गृह मन्त्रालयमै फर्काउन प्रधानमन्त्री दाहालमाथि दबाब दिँदै आएका हुन्।

अदालतले नागरिकताविहीन लामिछाने सांसद हुने अयोग्य भएको फैसला सुनाएपछि सोही दिन उनले उपप्रधान एवं गृहमन्त्री पदबाट राजीनामा दिएका थिए।

लामिछानेले आईतबार नागरिकता पाएपछि राष्टिय स्वतन्त्र पार्टीमा पुनः सभापतिकै पदमा रहेका छन्। रवि सभापतिमा फर्केपछि उनलाई नै पप्रधान तथा गृहमन्त्रीका रूपमा पुनः सरकारमा सहभागी गराउनुपर्ने पक्षमा ओली छन्, भने प्रधानमन्त्री दाहालले गृह मन्त्रालय आफ्नै पार्टी भित्र पार्ने दाउमा छन्।

यता रवि लामिछानेका समर्थक हरु पनि रवि लामिछानेलाई नै पुनः गृहमंत्री बनाउनु पर्ने भन्दै प्रदर्शन गरिरहेका छन्।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array