काठमाडौं : उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिमा आफूहरुको आगमनले पनि युवामा उत्साह थप्न नसकेको बताएका छन् । नयाँबानेश्वरमा मंगलबार प्रेमप्रसाद आचार्यले आत्मदाह गरेको घटनालाई लिएर गृहमन्त्री लामिछानेले राजनीतिमा आफूहरुको आमगनले समेत युवाहरुमा उत्साह थप्न नसकेको स्वीकारेका हुन् ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3410.png")
आत्मदाहको निर्णय हिजो देखिको निराशा र पिडाको परिणाम भएको बताउँदै उनले आफूहरु जस्ता नयाँहरुको आगमनले समेत उत्साह थप्न, आशा जगाउन नसक्दा आत्मदाहको निर्णय फेर्न नसकेको बताएका छन् । यसमा आफूसमेत दोषी रहेको गृहमन्त्री लामिछानेको भनाइ छ ।
‘म दोषी छु। प्रेम आचार्यजी, नयाँ राजनीतिक दल र नेताको रुपमा तपाईमा आशा जगाउन सकिनौं, हामीलाई माफ गर्नु होला,’ सामाजिक सञ्जाल फेसबुकमा गृहमन्त्री लामिछानेले लेखेका छन् । उपचारका क्रममा प्रेमप्रसाद आचार्यको नि’धन भएपछि उनले उनको मृत्युमा आफू पनि दोषी रहेको बताएका हुन् ।
उपप्रधान तथा गृहमन्त्री लामिछानेले लेखेका छन्:
एउटा नागरिकले अत्मदाह गर्नुपर्ने परिस्थितिको वर्णन गर्न अब के नै बाँकी रह्यो र । यस्तै परिस्थितिका कारण शान्त विद्रोह गरेर हामी हिजो भर्खर राजनीतिमा र आज भर्खर सरकारमा सामेल छौँ । मलाई थाहा छ, आत्मदाहको निर्णय हिजोदेखिको निराशा र पीडाको परिणाम हो । दुःख त मलाई यसमा लागेको छ कि हामी जस्ता नयाँहरुको आगमनले समेत तपार्इमा उत्साह थप्न सकेन, आशा जगाउन सकेन, आत्मदाहको निर्णय फेर्न सकेन । यसमा हामी दोषी छौं, म दोषी छु । प्रेम आचार्यजी, नयाँ राजनीतिक दल र नेताको रुपमा तपाईंमा आशा जगाउन सकिनौं, हामीलाई माफ गर्नु होला। तपाईंको आत्माले चीरशान्ति पाओस्, परिवारलाई यो पीडा सहने शक्ति मिलोस्।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/75575C8E-23F0-4247-8E15-583FC61034A6.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/birendranagar.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/samajik-bikas-mantralaya.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3389.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/bheriganga1.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/C8407B6D-1349-4F3E-B9DF-1C51A9F97C88.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/lekhbesi.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/gurbhakot.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/12CE903B-2DFE-4D78-89F9-8B93CDF19311.jpeg)
प्रतिक्रिया दिनुहोस्