स्वास्थ्य सतर्कता अपनाउन जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतको आग्रह

होस्ट खबर ७ माघ २०७९, शनिबार
1 Min Read
Aa

सर्खेत : जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले स्वास्थ्य सर्तकता अपनाउन आग्रह गरेको छ । विहिवार जिल्ला स्वास्थ्य कार्यालय सुर्खेतका निमित्त प्रमुख गणेश भक्त गौतमले एक विज्ञप्ती जारी गर्दै छिमेकी जिल्लामा बाँकेमा दादुराको महामारी उच्च अवस्थामा फैलिएको हुँदा त्यसको असर सुर्खेतमा पनि पर्नसक्ने भएकाले स्वास्थ्यका सबै मापदण्ड पूर्णरुपमा पालना गर्न उनले आग्रह गरेका हुन् । उनले दादुरा भएका बालबालिकालाई भिडभाडमा नलैजाने, हाछ्युँ गर्दा अनिवार्य मुख छोप्ने व्यक्तिगत सरसफाईमा ध्यान दिन, राष्ट्रिय खोप तालिका अनुसार दादुरा रुबेला विरुद्धको खोप नछुटाई लगाउने, पोषिलो खानेकुरा खुवाउने र केही जटिलता हुनासाथ नजिकको स्वास्थ्य संस्थामा लैजान अनुरोध गरेका छन् ।

दादुरा देखिएमा उच्च ज्वरो आउनु, आँखा रातो हुनु, शरीरमा राता बिमिराहरु देखिनु, खोकी लाग्नु, आँखाबाट पानी बग्नु जस्ता लक्षण देखिने गर्दछन् । हालसम्म सुर्खेतका तिन जनामा दादुरा देखिएको जनस्वास्थ्य कार्यालय सुर्खेतले जनाएको छ । गुर्भाकाटका नगरपालिका वडा नम्बर ७ का ११ वर्षीय बालिका, चिङ्गाड गाउँपालिकाका ३५ वर्षीय एक जना पुरुष र वीरेन्द्रनगर नगरपालिका ५ का १ वर्षीय बालकमा दादुरा देखिएको निमित्त प्रमुख गौतमले जानकारी दिए । उनका अनुसार दादुरा संक्रमण देखिएका व्यक्तिको सम्पर्कमा रहेका २५ जनाको नमुना संकलन गरीएको छ । उनीहरुको परीक्षणको नतिजा आउन केही दिन लाग्ने प्रमुख गौतमले जानकारी दिए ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array