दाहालको मन्त्रिपरिषद् विस्तार: विकास र समृद्धिका सारथी

होस्ट खबर ४ माघ २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं : पुष्पकमल दाहालले प्रधानमन्त्री बनेको २३ औं दिन मंगलबार दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । संसद्को दोस्रो ठुलो दल नेकपा ९एमाले० लगायत पार्टीहरुको सहयोगमा पुस ११ मा प्रधानमन्त्री बनेका दाहालले त्यसबेला ७ सदस्यीय मन्त्रीपरिषद् बनाएका थिए ।

मंगलबार २३ सदस्यीय मन्त्रिमण्डल विस्तार गरेसँगै सरकारले लगभग पूर्णता पाएको छ । मुलुकको नयाँ संविधानले संघमा मन्त्रिपरिषद्को संख्या २५ सदस्यीय भन्दा बढि बनाउन रोक लगाएको छ ।

अब दाहालले दुई जनाभन्दा बढि मन्त्री नियुक्त गर्न पाउने छैनन् । जनता समाजवादी पार्टी सरकारका सहभागी नहुँदा वन तथा वातावरण र युवा तथा खेलकुद गरी दुई मन्त्रालय भने प्रधानमन्त्री दाहालले आफूसँगै राखेका छन् ।

नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी सरकारमा सहभागी भएका छन् । सत्ता साझेदार दलहरूबीच सहमति जुट्न नसक्दा जनता समाजवादी भने सरकारमा सहभागी भएन ।कारोबार दैनिकबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्