दुवै चिकित्सकको सपना अधुरै, १० महिने बच्चा छिनभरमै विलीन

होस्ट खबर २ माघ २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं : आइतबार पोखरामा भएको यति एयरको जहाज दुर्घटनामा परि राष्ट्रिय ट्रमा सेन्टरका अर्थोपेडिक सर्जन ३८ वर्षीय डा. सुशील श्रेष्ठ, उनकी ३६ वर्षीय धर्मपत्नी डा. सोना दिवाकरका साथ १० महिनाका नाबालक छोराको समेत ज्यान गएको छ ।

माघेसंक्रातिको छुट्टी पोखरा घरमा मनाएर फर्किएपछि एक महिना पछि डा. श्रेष्ठ स्पाइन सर्जरी सम्बन्धी फेलोसिप गर्न सिंगापुर जाने तयारीमा रहेको ट्रमा सेन्टरका डा विनोद सेरचन बताउन्छन् ।

ट्रमा सेन्टरका सिनियर तथा साथीहरूसँग आफू धेरै काठमाडौँ नबस्ने स्पाइनल सर्जरी विषयमा विशेषज्ञता हासिल गरेपछि पोखरामै बस्ने योजना बनाएको बताउने गर्थे तर उनी कहिल्यै नफर्किने गरी पोखरामै अस्ताए ।

डा श्रेष्ठलाई ‘सिंगापुर जनरल हस्पिटलले एक वर्षका लागि फेलोसिप प्रदान गरिसकेको थियो’ डा शेरचनले सुनाए । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ९न्याम्स० बाटै अर्थोपेडिकमा पिजी गरेका श्रेष्ठ सोही अस्पतालमा विगत ३ वर्षदेखि कार्यरत रहेका थिए।

श्रेष्ठसँगै ज्यान विमान दुर्घटना ज्यान गुमाएकी उनकी श्रीमती डा सोनाले चितवन मेडिकल कलेजबाट एमबिबिएस गरी विशेषज्ञ चिकित्सकका लागि चिकित्सा शिक्षा आयोगले हालै लिएको एमडी एमएसको एकीकृत प्रवेश परीक्षा उत्तीर्ण समेत भइसकेकी थिइन् ।

दुवै चिकित्सकको सपना अधुरै रहेसँगै १० महिने बच्चाको समेत छिनभरमै विलीन भए । नेपाल समाचारपत्र दैनिकबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array