कर्णाली प्रदेशको सभामुखमा नन्दा गुरुङ निर्वाचित

होस्ट खबर १ माघ २०७९, आईतवार
0 Min Read
Aa

सुर्खेत : कर्णाली प्रदेशसभाका सभामुखको निर्वाचनमा नन्दा गुरुङले २४ मत प्राप्त गर्दै सभामुखमा निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खडकबहादुर पोखरेलले १४ मत प्राप्त गरे । एमालेकी गुरुङलाई एमालेको १०, नेकपा (माओवादी केन्द्र) को १३, र राप्रपा वा एकीकृत समाजवादीको १ मत प्राप्त भएको छ ।

३९ सदस्यीय सभामा ३८ जनाले भाग लिएका थिए। गुरुङ समानुपातिक कोटाबाट प्रदेशसभा सदस्य थिइन ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्