२० वर्षपछि एकाएक भाइरल बन्दैछ रेशम चौधरीको गीत ‘काठमाडौं सहर कता पर्छ साली’

होस्ट खबर १ माघ २०७९, आईतवार
2 Min Read
Aa

काठमाडौं : रेशम चौधरीले २१ वर्षअघि रेकर्ड गराएको यो गीत अहिले एकाएक टिकटकमा भाइरल बनेको छ । रेशमकी पत्नी तथा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ स्वयंले यो क्लिप सेयर गरेकी छन् जहाँ उनी थारु समुदायका व्यक्तिसँग नाचिरहेकी छन् ।

‘मेरो श्रीमान् माननीय रेशम चौधरीद्वारा २०५८ सालमा रेकर्ड गरेको गीत’ भन्दै उनले टिकटकमा भिडियो सेयर गरेकी हुन् । रेशम चौधरी चार दिवारमा थुनिएर आजभोलि बन्द भएको र उनी निर्दोष भएको कुरा पनि रञ्जिताले क्याप्सनमा लेखेकी छन् । चौधरीकै अर्को एक गीत ‘ल होइ ल होइ साली हजुर’ बोलको थारु गीतलाई पनि टिकटकमा व्यापक सेयर गरिएको छ ।

रेशमको यो गीत दुई दशकपछि सामाजिक सञ्जालमा भाइरल किन बनिरहेको छ भन्ने कुरा बुझ्न राजनीतिको समय र सन्दर्भ बुझ्नुपर्ने हुन्छ । रेशमकै दल नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सर्तसहित विश्वासको मत दिंदैछ । रेशम चौधरीलाई रिहा गर्नुपर्ने र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व पाउनुपर्ने सर्त नाउपाको छ । यी सर्त पूरा भए सरकारमा जाने उसको भनाइ छ ।

@ranzitaa.shrestha

मेरो श्रिमान माननिय रेशम चौधरी द्वारा २०५८ साल मा record गरेको गित!! #रेशम_चौधरी #नागरिक_उन्मुक्ती_पार्टी #चार_दिवारमा_थुनिएर_आज_भोली_मन्द_छु #ranzitaa #रेशम_निर्दोष #जयनागरिक #घनश्यामचिया #aayanboy❤️❤️❤️

♬ original sound – ranzitaa Shrestha

एक बच्चासहित ८ जनाको ज्यान जाने गरी कैलालीको टीकापुरमा भएको घटनामा दोषी ठहरिएका चौधरी अहिले डिल्लीबजार कारागारमा जेल सजाय भोगिरहेका छन् । संसदको पहिलो बैठकलाई सम्बोधन गर्दै नाउपा अध्यक्ष रञ्जिताले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेकी थिइन् । रञ्जितासहित नाउपाका नेता कार्यकर्ताले रेशमको उक्त गीतलाई भाइरल बनाउँदै सामाजिक सञ्जालबाट उनको रिहाइका लागि माहोल बनाउन खोजिरहेको देखिन्छ ।

उक्त गीतलाई नै भाइरल बनाउनेतर्फ किन छनोट गरियो भन्ने बुझ्नु पनि रोचक नै हुन आउँछ । उक्त गीतमा साली र भिनाजुबीच काठमाडौं सहर घुम्ने चर्चा गरिएको छ । यी दुई पात्रबीच काठमाडौं घुमघामको रोमान्टिक कुरा भए पनि गीतको अन्तर्यले चाहिं नाउपाले कैलालीदेखि काठमाडौंसम्मको यात्रा कसरी तय गर्‍यो भन्ने कुरा दर्शाउँछ ।

@santosh_chaudhary555

lahoi lahoi sali harj song#grow #tharuculture #dangmuser #trending #?#goviral #account #foryoupage

♬ original sound – 💫सन्तोष 💝चौधरी💫

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array