कर्णालीमा आज सभामुखको निर्वाचन हुँदै

होस्ट खबर १ माघ २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं : कर्णाली प्रदेशसभामा सभामुखको आज निर्वाचन हुने भएको छ । सभामुख चयन गर्न मतदानको समय बिहान ११ बजे तोकिएको हो । एमालेबाट नन्दा गुरुङ र नेपाली कांग्रेसका खड्ग पोखरेलको सभामुखमा उम्मेदवारी परेको छ।

सत्तारूढ दलबीच भएको भागबन्डामा कर्णाली प्रदेशको मुख्यमन्त्री र उप–सभामुख नेकपा माओवादी केन्द्र र सभामुख नेकपा एमालेको भागमा परेमा थियो। एमालेकी उम्मेदवार गुरुङको पक्षमा २५ जना सांसदको मत छ। उनलाई एमालेको १०, माओवादीको १३, राप्रपा र समाजवादीका एकरएक जना सांसदको समर्थन छ।

कांग्रेस उम्मेदवार पोखरेलको पक्षमा १४ मत रहेको छ। उम्मेदवार बनेका दुवै जना सुर्खेतका हुन्। पोखरेल प्रत्यक्षबाट निर्वाचित भएका हुन् भने गुरुङ समानुपातिक कोटाबाट सांसद बनेकी हुन्।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्