सुर्खेत : कर्णाली प्रदेश सरकार गठनका लागि आह्वान गरिएको छ। प्रदेश प्रमुख तिलक परियारले ७ दिनभित्र सरकार गठन गर्न आह्वान गरेका हुन्। बिहीबार प्रदेश प्रमुख कार्यलयले प्रेस विज्ञप्ति जारी गर्दै पुष २७ गते अपरान्ह ५ बजेसम्म मुख्यमन्त्री नियुक्तीका लागि आह्वान गरेको हो।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3410.png")
संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम सरकार गठनका लागि आह्वान गरिएको छ। कुनै दलले बहुमत नपाएका कारण धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा सो भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने व्यक्तिको नेतृत्वमा सरकार गठन गर्न समेत विज्ञप्तिमा भनिएको छ ।
कर्णालीमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले कसले सरकारको नेतृत्व गर्ने भन्ने विषयमा केन्द्रको निर्णय कुरीरहेका छन्।
कर्णाली प्रदेशमा ४० जना सांसहरुमा कांग्रेसका १४, माओवादीका १३, एमालेका १०, राप्रपा, एकीकृत समाजवादीको १/१ र एक जना स्वतन्त्र सांसद रहेका छन्। सरकार गठनका लागि २१ सिट आवाश्यक पर्दछ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/75575C8E-23F0-4247-8E15-583FC61034A6.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/birendranagar.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/samajik-bikas-mantralaya.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3389.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/bheriganga1.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/C8407B6D-1349-4F3E-B9DF-1C51A9F97C88.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/lekhbesi.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/gurbhakot.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/12CE903B-2DFE-4D78-89F9-8B93CDF19311.jpeg)
प्रतिक्रिया दिनुहोस्