सुर्खेत : कर्णाली प्रदेशसभा दोस्रो कार्यकालको पहिलो बैठकको अगाडि प्रदेश सचिवालयले सर्वदलिय बैठक आह्वान गरेको छ । प्रदेश सभाका जेष्ठ सदस्य विनोद कुमार शाहले सोमबार बिहान ११ बजेका लागि सर्वदलिय बैठक आह्वान गरेको सचिवालयले जनएको छ ।

यसअघि प्रदेश प्रमुख तिलक परियारले आज दिउँसो १ बजे प्रदेशसभाको दोस्रो कार्यकालको प्रथम अधिवेशन आह्वान गरिसकेका छन् । बैठक सञ्चालन, प्रदेशसभा बैठकमा दलहरूले बोल्न पाउने समय बाँडफाँड लगायतका विषयमा छलफल गर्न सर्वदलिय बैठक आह्वान गरिएको बताइएको छ ।
कर्णाली प्रदेश सभामा १ स्वतन्त्रसहित ५ राजनीतिक दलको प्रतिनिधित्व रहेको छ । प्रदेशसभामा नेपाली कांग्रेस १४, नेकपा माओवादी केन्द्र १३, नेकपा एमाले १०, रापप्रा र नेकपा एकीकृत समाजवादीक १र१ र १ स्वतन्त्रसहित ४० जना सांसद छन् ।












प्रतिक्रिया दिनुहोस्