डा. प्रकाशशरण महतले मलाई झम्टिएका होइनन्: उपसभापति पूर्णबहादुर खड्का

होस्ट खबर
होस्ट खबर १७ पुष २०७९, आईतवार
1 Min Read
Aa

सुर्खेत : नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आफूमाथि डा. प्रकाशशरण महतले हातपात गरेको वा झम्टिएको भन्ने विषयमा मिडिया र सामाजिक सन्जालमा आएका समाचारमा कुनै सत्यता नभएको बताएका छन् ।

यसअघि तत्कालीन गठबन्धनमा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सरकार नेतृत्वमा पहिलो पाली दिने कि नदिने भन्ने विषयमा कांग्रेसमा भएको छलफलमा यी दुई नेताबीच कुटाकुट समेत भएको समाचार बाहिर आएका थिए । तर, खड्काले यसको खन्डन गरेका छन् ।

उनले सामाजिक सन्जाल ट्विटरमा यो विषयमा आएको समाचार सत्य नभएको बताएका हुन् । उनले यसमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको पनि बताएका छन् । साथै, खड्काले आफूहरुबीच केही मुद्दामा भने फरक तरिकाले बहस भएको पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्