मुख्यमन्त्रीसहित राजकीय पद भागबन्डामा केन्द्रित शीर्ष नेता

होस्ट खबर १६ पुष २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओली प्रतिनिधिसभाको उपसभामुख, सात प्रदेशका मुख्यमन्त्रीसहितका राजकीय पद भागबन्डाकेन्द्रित छलफलमा जुटेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान दुवै नेताबीच पद र शक्ति बाँडफाँटमा छलफल भएको हो ।

माओवादी केन्द्रका अध्यक्ष दाहाल र ओलीबीच सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएपछि पहिलो आधा कार्यकालका लागि दाहाल प्रधानमन्त्री भइसकेका छन् । राष्ट्रपति एमालेलाई दिन माओवादी केन्द्र तयार भइसकेको छ ।

प्रतिनिधि सभाको सभामुख पनि प्रधानमन्त्रीजस्तै आलोपालो गर्ने समझदारी एमाले र माओवादीबीच भइसकेको छ । बाँकी राजकीय पदमा औपचारिक सहमति हुन बाँकी छ । एमालेले राष्ट्रपति राख्ने भएपछि माओवादी केन्द्रको उपराष्ट्रपतिमा स्वाभाविक दाबी रहने बताइएको छ ।

प्रतिनिधि सभाको उपसभामुख, सातै प्रदेशका मुख्यमन्त्री, प्रदेश सभामुख र उपसभामुखसहितका बाँकी महत्वपूर्ण पदमा सत्ता गठबन्धनका अन्य दलले पनि दाबी गर्दै आएका छन् । उपप्रधान एव गृह मन्त्रालय लिएर सरकारमा सहभागी भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुखसहित केही महत्वपूर्ण पदमा दाबी गरेको छ ।

सरकारमा सहभागी हुने तयारीमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले बागमती प्रदेशको मुख्यमन्त्री दाबी गर्दै आएको छ । उसले वाग्मतीबाहेक अन्य प्रदेश सरकारमा पनि आफूलाई हिस्सेदार बनाउन खोजेको छ। संघीय सरकारमा कम्तीमा तीन मन्त्रालय पाउनुपर्ने उसको दाबी छ । आजको नागरिक दैनिकमा प्रकाशित छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array