बुद्ध एयरको एटीआर-७२ले पौष १ गतेदेखि सुर्खेत उडान भर्ने

होस्ट खबर २१ मंसिर २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ : सुर्खेतका लागि पौष १ गतेदेखि बुद्ध एयरको एटीआर-७२ ले दैनिक उडान भर्ने भएको छ । आउँदो डिसेम्बर १६, पुस १ गते देखि काठमाडौँबाट बिहान १०:०० र ११:३५ बजे सुर्खेतबाट काठमाडौँका लागि उडान गर्ने भएको हो ।

बुद्ध एयरका अनुसार हाल सोही गन्तव्यबाट एटीआर-४२ ले उडान भर्दै आएको छ । बुद्ध एयरले यात्रुहरूको माग र सुविधाका लागि यस गन्तव्यमा एटीआर-७२ उडान भर्न लागेको जनाएको छ ।

यस उडानबाट यात्रुहरूले अधिक मात्रा सेवा-सुविधा लिने बुद्ध एयरले विश्वास लिएको छ । यात्रुको अधिक माग बढेकाले सोही गन्तव्यमा उडान भर्ने एटीआर-४२ सँग सिट क्षमता कम भएकाले यात्रुको मागअनुसार एटीआर-७२ थप गरिएको बुद्ध एयरले बताएको छ ।

सानो जहाज सञ्चालनमा खर्च पनि बढी हुँदा यसको प्रत्यक्ष प्रभाव परेको एयरले विज्ञप्ति जारी गर्दै उल्लेख गरेको छ ।

‘एटीआर-७२ बाट उडान गर्दा यात्रु सिट संख्या र सञ्चालन खर्च कम हुने हुँदा यसको प्रत्यक्ष लाभान्वित यात्रुहरूले पाउनेछन्’, ‘विज्ञप्तिमा लेखिएको छ, यस गन्तव्यमा भाडादर ७ हजारबाट सुरु हुने र मागअनुसार दैनिक २ उडान भर्नेछ ।’

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्