बर्दिया निुकञ्ज कार्यालयबाट गैंडाको खाग र बाघको दाह्रा गायब

होस्ट खबर २५ कार्तिक २०७९, शुक्रबार
1 Min Read
Aa

बर्दिया : बर्दिया राष्ट्रिय निुकञ्ज कार्यालयबाट गैंडाको खाग र बाघको दाह्रा गायब भएको छ । उक्त समाचार कान्तिपुर दैनिकमा शुक्रबार प्रकाशित भएको छ ।

निकुञ्ज कार्यालयबाटै खाग र बाघका २५ दाह्रा गायब शिर्षकमा उक्त समाचार प्रकाशित भएको छ । समाचारमा भनिएको छ, घटना असोज १३ मा भए पनि भित्रभित्रै गुपचुप राखिएको थियो ।

बर्दिया राष्ट्रिय निकुञ्जको वार्डेनमा सरुवा भएर बर्दिया पुगेका अधिकृत अशोक भण्डारीले जिन्सी शाखामा रहेका सामानको अभिलेख गर्ने क्रममा गैंडाको एउटा खाग र बाघका २५ वटा दाह्रा हराएको पाइएको हो ।

मृत अवस्थामा फेला परेका वन्यजन्तुको छाला तथा आखेटोपहारलाई सुरक्षित गरेर राख्ने गरिन्छ । उक्त निकुञ्ज कार्यालयमा गैंडाका ३ वटा खाग थिए । कर्मचारीकै संलग्नतामा वन्यजन्तुको आखेटोपहार गायब पारिएको समाचारमा उल्लेख गरिएको छ । रासस

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array