सुर्खेत/लेकबेशी : सुर्खेतको दशरथपुर-नेटा सडक खण्डको कालोपत्रेको काम शुरु भएको छ । यो सडक स्तरोन्नतिसँगै दशरथपुरदेखि नेटा हुँदै धरमपोखरासम्मका स्थानीयलाई प्रदेश राजधानी वीरेन्द्रनगरसम्मको पहुँच सहज हुने बताएको छ ।

साता अघि कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कडेल लगायतको प्रदेश सरकारको प्रतिनिधीले सडकको कामबारे जानकारी लिएको थियो । कर्णाली प्रदेश भौतिक पूर्वाधार मन्त्रालयले यस वर्षको असार मसान्तसम्म १२ किलोमिटर कालोपत्रे हुने जानकारी दिएको छ । गुणस्तरीय सहित निर्माणको काम समयमै सम्पन्न हुने स्थानीयको आशा रहेको छ ।












प्रतिक्रिया दिनुहोस्