दशौँ राष्ट्रिय खेलकुद २०८१ मंसिर २ देखि कर्णालीमा

होस्ट खबर ५ कार्तिक २०७९, शनिबार
1 Min Read
Aa

काठमाण्डौ : नवौं संस्करणको बृहत राष्ट्रिय खेलकुदको बिहीबार साँझ समापन भएको छ। गण्डकी प्रदेशको कास्की, गोरखा, बाग्लुङ, म्याग्दीलगायतका जिल्लामा सञ्चालन भएको प्रतियोगिताको पोखरा रंगशालामा समापन गरिएको हो।

रंगशालामा भव्य समारोहका माझ प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतियोगिताको समापन गरे। अब १० औं संस्करणको खेलकुद भने कर्णाली प्रदेशमा हुने राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ। राखेपको बुधबार राति बसेको ११ औं बोर्ड बैठकले २०८१ को मंसिरमा गर्ने निर्णय गरेको छ। यसका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले कर्णाली प्रदेशलाई झण्डा वितरण गरेका छन्।

कर्णालीका सामाजिक विकास मन्त्री यज्ञ बहादुर विसीले झण्डा स्वीकार गरेसँगै नवौं खेलकुद सकिएको हो। बिहीबार सम्पन्‍न भएको खेलकुदमा आर्मीले सर्वाधिक १७२ स्वर्ण सहित ३७१ पदक जितेको छ। आर्मीले लगातार दोस्रो पटक राष्ट्रिय खेलकुदमा १०० भन्दा धेरै स्वर्ण जितेको हो। उसले ११० रजत जित्दा ८९ काश्य पदक जितेको छ।

यस्तै, कर्णाली प्रदेशले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको बिहीबार झण्डा ग्रहण गरे पनि दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो र मस्कट भने राष्ट्रिय खेलकुद परिषद्को बैठकले राराबाट सार्वजनिक गर्ने भएको छ।

स्वर्गकी अप्सरा भनेर चिनिने कर्णाली प्रदेशको मुगु जिल्लामा रहेको चर्चित पर्यटकीय स्थल रारामा बस्ने राष्ट्रिय खेलकुद परिषद्को बैठकको सञ्चालन भने कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले गर्ने छ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्