कर्णालीमा प्रदेश सभा निर्वाचन: २४ सिटका लागि ११६ जना प्रतिस्पर्धी

होस्ट खबर २८ आश्विन २०७९, शुक्रबार
1 Min Read
Aa

सुर्खेत : कर्णालीमा प्रदेश सभा सदस्य पदका लागि प्रत्यक्षतर्फ २४ निर्वाचन क्षेत्र रहेको जस्मा ११६ जना चुनावी मैदानमा उत्रिएका छन् । जसमध्ये सबैभन्दा बढी सुर्खेतका ४ निर्वाचन क्षेत्रमा २९ जना प्रतिस्पर्धा गर्दैछन् भने सबैभन्दा कम रुकुम पश्चिममा ६ जना उम्मेदवार रहेका छन् ।

सुर्खेत र दैलेखमा ४/४ वटा निर्वाचन क्षेत्र रहेका छन् भने बाँकी जिल्लामा २/२ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेका छन् । सुर्खेतपछि दैलेखमा २०, सल्यानमा ११, कालिकोट र हुम्लामा १०/१० जना चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

यस्तै डोल्पामा ७, मुगुमा ८, जुम्लामा ८, जाजरकोट ७ जना उम्मेदवार रहेका छन् । यस्तै प्रदेश सभा सदस्य पदका लागि १६ जना स्वतन्त्र उम्मेदवार रहेको निर्वाचन आयोगको अन्तिम नामावलीमा प्रकाशित तथ्यांकमा उल्लेख छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्