म भ्रष्टाचार गर्दिन, नातागोतालाई सरकारी नियुक्तिमा भर्ति गर्ने छैन: नेता थानी

होस्ट खबर २६ आश्विन २०७९, बुधबार
2 Min Read
Aa

सुर्खेत : चुनावीको मिति नजिकिएसँगै सुर्खेतमा वाम लोकतान्त्रिक गठबन्धनबाट सुर्खेत निर्वाचन क्षेत्र नम्बर-२ बाट प्रतिनिधि सभाका उम्मेदवार हृदयराम थानीले निर्वाचन जितेको खण्डमा कर्णालीलाई भ्रष्टाचार र अनियमितता शुन्य बनाउने एजेण्डा गठबन्धनले अघि सारेको छ । भ्रष्टाचार र अनियमितता अन्त्य गरी समृद्ध कर्णाली निर्माणलाई गठबन्धनले आफ्नो मूल एजेण्डा बनाएको छ ।

वाम लोकतान्त्रिक गठबन्धनले बुधबार बिहान वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता थानीले सुर्खेत निर्वाचन जितेपछि आफूले भ्रष्टाचार नगर्ने र अरुलाई भ्रष्टाचार गर्न पनि नदिने बताएका हुन् । उम्मेदवारहरुले सुर्खेती जनताको साथ र सहयोगले गठबन्धनले जित निश्चित रहेको दावी गर्दै भने, ‘अब कर्णालीबाटै भ्रष्टाचार र अनियमितता शुन्य बनाउने अभियान सुरु गरी यसलाई देशव्यापि बनाइनेछ ।’

‘म संधै जनताको नजिक छु । सुर्खेती जनताले मलाई मतदान गरेर विजयी बनाउनुभयो भने म भ्रष्टाचार गर्दिन, नातागोतालाई सरकारी नियुक्तिमा भर्ति गर्ने छैन,’ उम्मेदवारले थानीले पत्रकारहरुसँग भने ।

अन्तक्रिया कार्यक्रममा माओवादी नेता एवं सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट प्रदेश सभाका उम्मेदवार विन्दमान विष्टले भने ,’यदि यो चुनावमा हामीले देश र कर्णालीको नेतृत्व गर्ने अवसर गुमायौँ भने ठुलो घाटा व्यहोर्नुपर्ने छ।’

विष्टले एमालेलाई सत्तामा पुर्याउने वातावरण भयो भने समाजवादका आधारहरू निमोठिने बताए । ‘गठबन्धनको पहिलो आधार भनेको समाजवादको आधार तयार गर्नु हो ,’ उनले भने, ‘त्यसका लागि पनि गठबन्धनको आवश्यक हो । देशको परिवर्तन, स्थायित्व , संविधान कार्यान्वयनका लागि बाम९लोकतान्त्रिक गठबन्धन गर्नुपरेको हो ।’

विष्टले यदी सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कले जितेको खण्डमा प्रधानमन्त्री बन्न सक्ने र आफुले जितेको खण्डमा कर्णाली प्रदेशको मुख्यमन्त्री बन्न सक्ने संकेत गरे।

यस्तै, सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा (क) बाट उम्मेदवार कालिप्रसाद शाक्यले ञभ्रष्टाचार, अनियमितता हाम्रो अगाडि च्यालेन्ज बन्यो। अब देशलाई कर्णालीबाट हटाएर अन्य ६ प्रदेशलाई सपथ खुवाउने प्रयास कर्णालीबाट हामीले गर्नेछौँ। अर्का पूर्ब सुर्खेत १ (ख) का प्रभावशाली उम्मेदवार कृष्ण जिसी जीतेन्द्रले यो गठबन्धन स्वार्थका लागि नभई ओलीको अत्याचार विरुद्धको भएको बताए । साथै उनले गठबन्धनलाई भड्काउन विगतका कुरा लिएर भावनात्मक कुरालाई प्राथमिकता नराख्न आग्रह गरे ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array