घोराईमा सबैभन्दा धेरै २४४ मि.मि. वर्षा मापन: वीरेन्द्रनगरमा २६ मि.मि.

होस्ट खबर २० आश्विन २०७९, बिहीबार
1 Min Read
Aa
फाइल फोटो

सुर्खेत : हाल नेपालमा दक्षिण/पश्चिम बंगालको खाडी र आन्द्र प्रदेश आसपास बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। जसको प्रभावका कारण बुधबार देखि देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका धेरै र बाँकि प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। पछिल्लो २४ घण्टामा जल तथा मौसम पूर्वानुमान महाशाखाले मापनले गरेको वर्षामा पश्चिम नेपालको दाङस्थित घोराईमा सबैभन्दा धेरै वर्षा भएको हो ।

घोराईमा २४४ मिलिमिटर वर्षा मापनहुँदा पोखरामा १९० मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ । यस्तै, लुम्लेमा १६५, जोमसोममा ३२, नेपालगञ्जमा ८७ र सुर्खेतको वीरेन्द्रनगरस्थित एयरपोर्टमा २६ मिलिमिटर वर्षा मापन भएको महाशाखाले जानकारी दिएको छ । महाशाखाकाअनुसार वर्षा आज पनि हुने पूर्वानुमान गरेको छ । आज मुख्यगरी प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा सामान्यदेखि पूर्ण बदली रहनेछ ।

बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशहरूका केही स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही, गण्डकी प्रदेशका थोरै ,बागमती प्रदेश,मधेश प्रदेश र प्रदेश नं १ का एक–दुई स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्