मुख्यमन्त्री शाहीद्धारा नवौं खेलकुद प्रतियोगिताको ट्रफ्री अनावरण, स्वर्ण ल्याउनेले कर्णालीमा २ लाख पाउने

होस्ट खबर ११ आश्विन २०७९, मंगलवार
3 Min Read
Aa

सुर्खेत : गण्डकी प्रदेशको पोखरामा यहि असोज २८ देखि कार्तिक ३ गते सम्म संचालन हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ को ट्रफ्री मंगलवार कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाहीले राजधानी वीरेन्द्रनगरमा अनावरण गरेका छन् ।

राष्ट्रिय खेलकुद परिषदले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता२०७९ को ट्रफ्री असोज १ गतेबाट ओलम्पीयन दिपक विष्टको संयोजकत्वमा सात प्रदेश र तीन विभागिय टिममा ट्रफ्रीलाई टुरको रुपमा लिने निर्णय गरेको थियो ।

मुख्यमन्त्री जिवनबहादुर शाहीले खेलाडीको हितका लागि सबभन्दा अग्रसर रहेर कर्णाली प्रदेशले काम गरिरहेको बताएका छन् । ट्रफी अनावरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले यस प्रदेशका खेलाडीको लागि महत्वाकांक्षी रंगशाला निर्माण देखि खेलाडीको हौसला बढाउने काममा सरकार निरन्तर लागिपरेको बताए ।

‘यस सरकारले खेल र खेलाडीका लागि आफ्नो श्रोत अनुसारको बजेट ब्यवस्थापन गरेको छु, उनले भने, ‘खेलकुदलाई प्राथमिकता दिएर नै म खेलाडीको अगाडि उपस्थित भएको छु ।’ ट्रफी जितेर ल्याउन सबै खेलाडीलाई आग्रह गर्दै उनले नवौं मा यसको सपना देख्न आग्रह गरे । नवौंमा खेल मार्फत नै कर्णालीलाई चिनाउन उनको आग्रह थियो ।

सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले प्रदेश सरकार यस क्षेत्रको खेलकुद विकासका लागि हरदम प्रयासरत रहेको बताए । उनले यस क्षेत्रका खेलाडीको हौसलाका लागि कर्णाली सरकारले विभिन्न विधामा प्रतिस्प्रधा जित्ने खेलाडीलाई उचित पुरस्कारको व्यवस्था समेत गरेको बताए ।

ओलम्पियन तथा ट्रफी टुरका संयोजक दिपक बिष्टले पुलिस, आर्मी क्लब लगायत सबभन्दा राम्रा खेलाडी पश्चिम् नेपालकै रहेको भन्दै उत्साहका साथ नवौं खेलकुदमा सहभागी हुन आग्रह गरे । ट्रफीले कर्णाली प्रदेशको खेलाडी र प्रशिक्षकको मनोबल बढाउने अपेक्षा रहेको उनको भनाइ थियो ।

‘पहिलोपटक यो ट्रफी टुरको आयोजना गरिएको छ, यस्ले खेल क्षेत्रमा केही हुन्छ्की भन्ने अपेक्षा छु’, उनले भने। नवौं प्रतियोगिता मार्फत ट्रफी कर्णाली मैं ल्याउन उनले आग्रह गरे ।


राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ को रनिङ ट्रफी टुरका संयोजक विष्ट सहित अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष समेत रहेका सागका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, महिला भलिबल टोलीकी कप्तान अरुणा शाही र अल्ट्रा म्याराथन धावक मिरा राई सहभागि भएका थिए ।
कार्यक्रममा बोल्दै कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालले कर्णालीबाट नवौंमा सहभागि भई स्वर्ण, काँस्य र रजत पदक ल्याउने खेलाडीलाई क्रमशः दुई, डेढ र १ लाख नगर पुरस्कार दिने बताए । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णालीबाट ४ सय ९८ जना खेलाडीले २९ वटा खेलमा प्रतिस्पर्धा गर्नेछन् ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्