सुर्खेत : आज सुर्खेतमा विश्व फर्मासिस्ट दिवस मनाईएको छ। १४ औँ विश्व फार्मासिष्ट दिवसको अवसरमा नेपाल फार्मेसी संघ कर्णाली प्रदेशले विभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाईएको हो।

विश्व फर्मासिस्ट दिवस प्रत्यक वर्ष सेप्टेम्बर महिनाको २५ तारिकको दिन विश्वव्यापी रुपमा “विश्व फर्मासिस्ट दिवस ” मनाईन्छ l यो दिन प्रत्यक फर्मासिस्ट -औषधिसंग संबन्धित व्यक्तिहरु, औषधि वैज्ञानिक/ विज्ञान र औषधि क्षेत्रका अन्य कर्मचारीहरुको लागि एक उत्सबको रुपमा रहेको छ l अन्तर्राष्ट्रिय औषधि महासंग F.I.P.(International Pharmaceutical Federation)ले विश्वभर रहेका फर्मासिस्टहरुलाई सम्मान गर्ने उदेश्यले यो दिवसको सुरुवात गरिएको हो l
वीरेन्द्रनगरको मंगलगढी चौकबाट पिपल चौतरा सम्म र्याली निकाली कोणसभा गरिएको थियो। र्यालिमा प्रदेश औषधि व्यवस्था विभागको स्थापना,’अवैध औषधि पसल बन्द गरौ’, ‘औषधिको समुचित प्रयोग गरौं’, ‘फार्मासिस्टको सल्लाह बाट मात्र औषधिको प्रयोग गरौ’, जस्ता नाराहरु र पम्पलेटहरुले ध्यानाकर्षण गराईएको थियो। नेपाल फार्मेसी संघ कर्णाली प्रदेशले विश्व फार्मासिस्ट दिवसको अवसरमा सुर्खेतमा विभिन्न कार्यक्रम गरि मनाएको छ।


साथै, अनाथ बालबालिकाको संरक्षण गरिरहेको साझा घर नेपाललाइ खाध्यन्न तथा हाईजिनिक किट हस्तान्तरण गरेको कर्णाली प्रदेश अस्पताल सुर्खेतका फार्मेसि अधिक्रित (ईन्चार्ज) डा. प्रेडि खड्काले जानकारी दिईन् । यस्तै आज साझ ६ बजे बिरेन्द्रचोकमा दिप प्रज्वलन पनि गरिएको थियो ।













प्रतिक्रिया दिनुहोस्