विवेकशील साझा पार्टीको प्रवक्तामा संस्थापक नेता प्रकाशचन्द्र परियार

होस्ट खबर ६ आश्विन २०७९, बिहीबार
1 Min Read
Aa

सुर्खेत : विवेकशील साझा पार्टीले प्रवक्तामा पार्टीका संस्थापक नेता प्रकाशचन्द्र परियारलाई नियुक्त गरेको छ। पार्टीको संचार तथा सूचना प्रविधि विभाग प्रमुख समेत रहेका नेता परियारलाई विधानको भाग १२ को दफा ७२ (४) ६ र ७२ (४) ७ बमोजिम प्रवक्तामा नियुक्त गरिएको छ​।

प्रकाशचन्द्र परियार, विवेकशील साझा पार्टीका संस्थापक नेता मध्येका एक हुन। पार्टी स्थापनाकालदेखि विभिन्न नेतृत्वदायी जिम्मेवारी कुशलतापूर्वक सम्हाल्दै आएका परियार हाल पार्टीको सञ्चार तथा सूचना प्रविधि विभाग प्रमुख हुन्।

परियार सामाजिक न्याय र मानव अधिकारका क्षेत्रमा समेत कृयाशील छन्। एक दशकसम्म कान्तिपुर टेलिभिजनमा सामाजिक मामिला तथा राजनीतिक विषयमा पत्रकारिता गरेका परियारले आमसंचारमा स्नातकोत्तर गर्नुका साथै अमेरिकाबाट पत्रकारिता र अष्ट्रेलियावाट नेतृत्व विकासको तालिम लिएका छन्।

परियार परोपकार र पत्रकारिताका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार विजेता पनि हुन। सामाजिक रूपान्तरण र समृद्धिका लागि असल मानिसहरू राजनीतिमा नहोमिए सम्म मुलुकको मुहार फेर्न नसकिने मान्यता राख्ने परियारले भ्रष्टाचार विरोधी, इमानदार र मिलनसार युवा नेताको छवि बनाएका छन । नेता परियार सुनसरी ईटहरीका स्थायी वासिन्दा हुन।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array