सुर्खेतमा यसरी मनाइयो संविधान दिवस

होस्ट खबर ३ आश्विन २०७९, सोमबार
1 Min Read
Aa

सुर्खेत : संविधान दिवसको अवसरमा सुर्खेतमा पनि आज विविध कार्यक्रम गरी मनाइएको छ । जनताबाट निर्वाचित जनप्रविधिबाट गठन भएको संविधानसभाबाट २०७२ असोज ३ गते संविधान जारी भएको दिन हो । नेपालको संविधान २०७२ लाई तत्कालीन राष्ट्रपति रामवरण यादवले संविधान जारी गरेका थिए ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित मंगलगढीबाट शुरु भएको र्याली बजार परिक्रमापछि सिटी हलमा पुगेको हो । समारोहमा प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालसहित प्रदेश मन्त्री, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, राष्ट्रसेवक कर्मचारी लगायको उपस्थिति रहेको छ ।

दिवसका अवसरमा आज सरकारले मुलुकभर सार्वजनिक बिदा पनि दिएको छ । सङ्घीयतापछि पहिलो निर्वाचन २०७४ मा भएको थियो । पहिलो संसद्को कार्यकाल पनि शनिवार मध्यराति सकिसकेको छ । आगामी ४ मङ्सिरमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन पनि हुँदै छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array