पूर्व प्रधानमन्त्री डा. भट्टराई र एमयुका उपकुलपति सिंहबीच भेटवार्ता

होस्ट खबर २२ भाद्र २०७९, बुधबार
1 Min Read
Aa

सुर्खेत : पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईज्यूले मध्यपश्चिम विश्वविद्यालयको भ्रमण गरी केन्द्रीय कार्यालयमा आयोजित भेटघाट तथा छलफल कार्यक्रममा विश्वविद्यालय (एमयु)का उपकुलपति प्रा.डा. नन्द बहादुर सिंहज्यू बीच भेटवार्ता भएको छ ।

भेटघाट कार्यक्रममा उपकुलपति प्रा.डा. सिंहज्यूले विश्वविद्यालयको पछिल्लो अवस्था र विश्वविद्यालयले चालेका सुधारात्मक कदम तथा प्रगतिबारे प्रस्तुति राखेका थिए।

यस्तै, पूर्व प्रधानमन्त्री डा. भट्टराईले देशै भरी विश्वविद्यालयको अवस्थाले निराशा छाएको अवस्थामा मध्यपश्चिम विश्वविद्यालयले चालेका कदम र सुधारात्मक कार्यले सकारात्मक उर्जासहित आशावादी तुल्याएको बताए। साथै उनले विश्वविद्यालयमा भिजिटिंग प्रोफेसरको रुपमा आउन समेत इच्छुक रहेको कुरा व्यक्त गरेका थिए ।

उक्त कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. नारायणप्रसाद पौडेल, विभिन्न ग्र्याजुएट स्कुलका डीनहरू, कार्यकारी निर्देशकहरु, परीक्षा व्यवस्थापन कार्यालय प्रमुख, प्राधानाध्याप लगायतका कर्मचारीको उपस्थिति रहेको थियो ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array