काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने स्वदेश फर्किएलगत्तै पक्राउ पर्ने भएका छन् । उनीविरुद्ध परेको बलात्कारको उजूरीमा अनुसन्धानका लागि पक्राउ गरिने बुझिएको हो । क्रिकेटर लामिछानेविरुद्ध मंगलबार काठमाडौं प्रहरी परिसरमा एक किशोरीले जाहेरी दिएकी हुन्।

प्रहरी उच्च स्रोतका अनुसार नेपाली टोलीको नेतृत्व गर्दै केन्याविरुद्ध ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृङखला खेल्न भदौ ६ गते राजधानी नैरोबीतर्फ प्रस्थान गरेका लामिछानेले त्यसको अघिल्लो रात आफूमाथि जबर्जस्ती करणी गरेको किशोरीको जाहेरीमा उल्लेख छ । एक प्रशंसकका रूपमा लामिछानेसँग नजिकिएकी ति किशोरीले भदौ ५ गते लामिछानेले नगरकोट धुमाउन लगेको बताएकी छन् ।
नगरकोटबाट त्यही रात फर्किएर तिलगंगा क्षेत्रको एक होटलमा लगेर आफूलाई लामिछानेले जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख छ। लामिछाने हाल क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा छन्।
हाल क्रिकेट खेल्ने विदेशमा रहेका लामिछानेमाथि गौशाला प्रहरीमा उजूरी दर्ता भई छानबिनका क्रममा छ । सन्दीप क्रिकेट खेल्न विदेशमा जानुअघि घटना भएको बुझिएको छ । पीडित नाबालिक अस्थाकी छिन् । नाबालिक रहेकाले घटना पुष्टि भएमा सन्दीप जेल जानुपर्ने हुनसक्छ ।
२२ वर्षीय सन्दीप नेपाली क्रिकेट जगतका अहिलेसम्मकै सर्वाधिक सफल क्रिकेटर मानिन्छन् । उनीमाथिको अभियोगले करिअरमै धक्का पर्ने सम्भावना बढेको छ ।



प्रतिक्रिया दिनुहोस्