बागीनाले तिजको दिन खुलामञ्चमा ‘तिज विषेश’ कार्यक्रम गर्ने

होस्ट खबर १३ भाद्र २०७९, सोमबार
1 Min Read
Aa

सुर्खेत : कला संस्कृति संरक्षणमा सक्रिय नेपालकै अग्रणी संस्था बागीना समूह सुर्खेतले तिजकै दिन घणटघर अगाडिको खुलामञ्चमा भव्य तिज विशेष तथा सद्भावना मेला आयोजना गर्नेभएको छ ।

हरेक बर्ष हिन्दु महिलाहरुको महान पर्व तिजको अवशरमा कार्यक्रम गर्दै आएको संस्थाले यो बर्ष पनि महिलाहरुको प्रतिस्प्रधात्मक कार्यक्रम गर्न लागेको संस्थाका अध्यक्ष डिलबहादुर गुरुङले बताए । मौलिक संस्कृति संरक्षण र भड्किलो आचरण अन्त्यका लागि यश किसिमको कार्यक्रम आयोजना गर्न लागिएको अध्यक्ष गुरुङले बताए । संस्थाका सचिव भानुभक्त अधिकारीका अनुसार कार्यक्रममा मौलिक कला संस्कृति संरक्षण र समाज सेवामा अग्रणी भूमिका निर्वाह गरेका सुर्खेतका केही आमा दिदिबहिनी समेतलाई सम्मान गर्न लागिएको बताए ।

कार्यक्रममा तिज नृत्य, बाद्ध्यवाधन, गायन, भेषभुषामा प्रतिस्पर्धा गराइने छ भने बाल प्रतिभा र जेष्ठ महिला प्रतिभालाई समेत छनौट गरि सम्मान गरिनेछ । प्रतिस्पर्धामा सहभागिता जनाउने टिमले आज १३ गते सम्म समूहको कार्यालयमा नाम दर्ता गर्न सकिनेछ । प्रतिस्पर्धामा उत्कृष्ट हुने सहभागीलाई आकर्षक पुरस्कार दिइने आयोजकले बताएको छ ।

कार्यक्रममा बागीनाको आफ्नो सशक्त प्रस्तूती समेत रहने वरिष्ठ नृत्य निर्देशक कुलमान नेपालिले बताए । कार्यक्रममा वरिष्ठ कलाकार भिमबहादुर कार्की, गंगा के।सि, प्रेमदेव गिरी, यज्ञ गिरि, खम्बराज गिरी, मन्जु मेदासी, माया थापा, डम्बर आचार्य, ज्ञान बहादुर नेपाली, सीता भण्डारी, मनु मन्दिर लगायत समूहका कलाकारको उपस्थिति रहनेछ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array