रुकुमपूर्व : रुकुमपूर्वका धेरै ठाउँमा तातोपानीका मुहान छन्। विभिन्न खोला र सानीभेरी नदीका किनार गरी जिल्लाका पाँच ठाउँमा तातोपानीको मुहान भए पनि तिनको संरक्षण व्यवस्थापनमा भने समस्या छ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3410.png")
पुथाउत्तरगङ्गा गाउँपालिकामा मात्र चार र सिस्ने गाउँपालिकामा एक गरी जिल्लामा पाँच तातोपानीका मुहान छन्। पुथाउत्तरगङ्गा वडा नम्बर २ को जार्लुङ, ३ को रन्मा, ६ को डिमुरगैरा तथा १२ र १३ को ओख्मामा तातोपानीका मुहान छन्।
सिस्ने गाउँपालिकाको वडा नम्बर ४ धाउने नजिकै सानीभेरी नदी छेउमै पनि तातोपानीको मुहान छ। यी पाँच मुहानमध्ये हालसम्म सिस्ने ४ को धाउनेस्थित सानीभेरीको किनारमा रहेको र पुथाउत्तरगङ्गाको डिमुरगैरा र जार्लुङमा रहेका तातोपानी मुहानको मात्र केही संरक्षणको काम गरिएको छ ।
पुथाउत्तरगङ्गा–१२ र १३ को ओख्मा र पुथाउत्तरगङ्गा–३ को रन्माको तातोपानीमा संरक्षणको काम गरिएको छैन । जिल्लामा यति धेरै तातोपानी मुहान हुँदा पनि पर्यटन प्रवद्र्धनका निम्ति र संरक्षणमा सरकारले चासो देखाएको छैन । गोरखापत्र दैनिकबाट
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/75575C8E-23F0-4247-8E15-583FC61034A6.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/birendranagar.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/samajik-bikas-mantralaya.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3389.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/bheriganga1.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/C8407B6D-1349-4F3E-B9DF-1C51A9F97C88.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/lekhbesi.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/gurbhakot.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/12CE903B-2DFE-4D78-89F9-8B93CDF19311.jpeg)
प्रतिक्रिया दिनुहोस्